काठमाडौं, असोज १० : महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले नागरिक र प्रहरीको संयुक्त प्रयासले मात्रै शान्ति सुरक्षा कायम गर्न सकिने बताएका छन् ।
नयाँ बानेश्वर वृत्तद्वारा चाडपर्वको समयमा हुन सक्ने चोरी पैठारीर अपराधिक कृयाकलाप रोक्नका लागि आयोजित सचेतना कार्यक्रमलाई संबोधन गर्दा एसएसपी लामाले उक्त कुरा बताएका हुन् ।

प्रहरी शासक नभएर जनताको सेवक भएकोले आफूलाई परेको पीरमार्का खुलस्तसँग प्रहरीसँग राख्न आग्रह गर्दौ एसएसपी लामाले दशैं देखि छठ सम्मको लागि विशेष सुरक्षा योजना बनाएको बताए ।
आज बुधबार देखि शुरु भएको सचेतना कार्यक्रमको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रदेश सभाका सांसद गणेश दुलालले जनताको सुरक्षा र समृद्धिका लागि जनता र प्रहरीबीच हातेमालो हुनु आवश्यक रहेको बताएका थिए ।
महानगरिय प्रहरी नयाँ बानेश्वरका प्रमुख डिएसपी गोविन्दराज काफ्लेले बिहिबार देखि टोलटोलमा माइकिङ्ग गर्ने र पर्चा वितरण गर्ने कार्यक्रम रहेको बताए ।
डिएसपी काफ्लेले शंकास्पद क्रियाकलाप भए कार्यालयको फोन नम्बर ९८५१२८३०१८ आफ्नै नम्बर ९८५१२८०११६ काडाँघारीको ९८५१२८३३४०मा सम्पर्क गर्न जनतासँग आग्रह गरेका छन् ।
