कावासोती, असोज ९: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका-१६ मा आज ट्रकसँग बस ठोक्किँदा १६ यात्रु घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लु१ख ६७५४ नं को ट्रकमा पश्चिमतर्फ जाँदै गरेको लु२च ३९६ नं को बस ठोक्किएको हो। सामान्य घाइते आठ जना उपचारपछि घर फर्किसकेका छन्।
अन्य आठ जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । सुुनवल नगरपालिका–४ का २१ वर्षीया पवित्रा कुँवर र पाल्पा आलेभञ्याङ्का ३५ वर्षीय पदमबहादुर कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।