लुकाएर राखेएको ६० कार्टुन चिनियाँ मदिरा बरामद

रिपोर्ट नेपाल | 2018 Sep 23 | 05:25 pm 2417

सिमकोट, ७ असोज : हुम्ला जिल्ला सिमकोट गाउँपालिकाअन्तर्गत डेहे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चीनको सीमा क्षेत्रमा पर्ने बैजिबाडा गाउँबाट झाडीमा लुकाइराखिएको ३० बोरामा ६० कार्टुन चिनियाँ मदिरा आज बरामद गरेको छ ।

चीनसँग जोडिएका नाकाबाट चिनियाँ मदिरा जिल्लामा भित्रिएको खबर आउन थालेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले चीनसँग जोडिएका नाकालाई सुरक्षामा थप कडाइ गरिएको जिल्ला प्रहरीका कार्यालयका गजेन्द्र बोगटीले बताए ।

चीनबाट जिल्लामा भित्रिने चिनियाँ मदिरामा कडाइ गरिए पनि हुम्लाका विभिन्न चोर नाकाबाट झिँनी आउने गरेको र यसलाई विस्तारै नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।

बरामद गरिएको मदिरा कोलेनिका, जिल्ला प्रशासन कार्यालय र जिल्लाका सञ्चारकर्मीको रोहवरमा नष्ट गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.