माटो खन्ने क्रममा ढिस्काले एकै गाउँका चार जना पुरिए

रिपोर्ट नेपाल | 2018 Sep 23 | 05:06 pm 1910

धादिङ, असोज ७ :  माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन्। धादिङको नीलकण्ठ नगरपालिका-९ काफलपानीका ४ जना महिलालाई घर नजिकैको डाँडामा माटो खन्ने क्रममा ढिस्काले च्यापेको हो।

घाइते हुनेमा २५ वर्षीया बालकुमारी गुरुङ, २६ वर्षीया निरमाया गुरुङ, २० वर्षीय कुलमाया गुरुङ र २० वर्षीया उषा गुरुङ रहेका छन्। टाउकोमा गहिरो चोट लागेका २५ वर्षीया बालकुमारी गुरुङलाई हेलिकप्टर चार्टर गरी काठमाडौं टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर विकले जानकारी दिए।

ढिस्काले पुरिएर घाइते भएकी निरमाया गुरुङलाई भने एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। कुलमाया गुरुङको हातमा चोट लागेको र अहिले जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ भने सामान्य घाइते उषा गुरुङको मुरलीभञ्याङ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.