आलुको बोरामा लुकाएर नेपाल ल्याउँदै गरेको ७२ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

| 2018 Sep 23 | 04:14 pm 2422

कैलाली, असोज ७ : गते कैलालीको भजनी नगरपालिका-३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित एक पक्राउ परेका छन्र । भारतीय रुपैयाँसहित लम्कि चुहा नगरपालिका-१ लम्कीका ३१ वर्षीय कृष्णराज जैसीलाई सशस्त्र प्रहरीले कैलालीले पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो। जैसीले से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गर्दा पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धिरेन्द्र शाहले बताए।

जोशीलाई इलाका प्रहरी कार्यालय टीकापुरको जिम्मा लगाएको उनले जानकारी दिए । उक्त रकम त्यहाँबाट प्रकिया पूरा गरी राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.