हवार्इ टिकटकाे ‘अनलाइन बुकिङ’ सुरु, अान्तरिक उडानका लागि यसरी लिनुहाेस् घरबाटै टिकट

रिपोर्ट नेपाल | 2018 Sep 23 | 04:04 pm 2161

काठमाडौं, असोज ७ :  अब देशभित्र जुनसुकै शहरमा जानका लागि पनि हवार्इजहाजकाे टिकट अनलाइनबाटै बुकिङ गर्न सकिने भएकाे छ । फ्लार्इइन नेपाल डटकमले याे सेवा सुरु गरेकाे हाे ।

हवार्इ टिकटका लागि ट्राभल एजेन्सीमै धाउनुपर्ने झन्झट अन्त्य गर्न कम्पनीले अनलाइनबाटै घरमा बसीबसी टिकट किन्न सकिने व्यवस्था गरेको हो । कम्पनीले इसेवा र विभिन्न बैंकका डेविट र क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएकाे जनाएकाे छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष एवं जंगल सफारी लजका संचालक सुमन घिमिरे लगायतको समूहले साे सेवा सुरु गरेकाे हाे । टिकटकाे बुकिङ र पैसाकाे भुक्तानी सबै अनलाइनबाटै गर्न सकिने घिमिरेले बताए । उनले भने, ‘ट्राभल एजेन्सी धाएर टिकट किन्न समेत मानिसहरुलार्इ फुर्सद नहुने र झन्झटिलाे पनि हुने भएकाले यसैलार्इ सहज बनाउन हामीले प्रविधिमार्फत उपभोक्तालार्इ जोडेका हौं ।’ यसबाट सेवाग्राहीकाे समय र पैसा समेत बचत हुने उनकाे दाबी छ ।

बुकिङ भइसकेकाे टिकट कारणवश रद्द गर्नुपरेमा पनि अनलाइनबाटै हुने र साेकाे समयावधि एवं कम्पनीकाे नीतिका आधारमा रकम फिर्ता दिइने घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार फ्लार्इइन नेपाल डटकमकाे वेबसाइट (www.flyinnepal.com) मार्फत टिकट बुक गर्न सकिने छ । टिकट क्यान्सिल गर्नुपरेमा कम्पनीकाे कस्टुमर हेल्प डेक्सको फाेन नं ०१-४४४४९९९ मा फोन गरेर रकम फिर्ता लिन सकिनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.