तेहरान, इरान, असोज ६: इरानको सैन्य तालिममा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेको छ।
परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र आज शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको त्यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ ।
उक्त घटनामा ५३ जना घाइते भएको बताएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा केही थप हुने जनाएको छ ।