मोटरसाइकल जुध्दा एकको मृत्यु, एक घाइते

रिपोर्ट नेपाल | 2018 Sep 22 | 09:27 am 2421

लहान, ६ असोज : सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो ।

गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिए  ।

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते हुनुभएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.