अख्तियार प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई आज

रिपोर्ट नेपाल | 2018 Sep 20 | 09:32 am 1898

काठमाडौं, असोज ४: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नविनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुदैँछ । संसदीय सुनुवाई समितिको दिउँसो १ बजे बस्ने बैठकले घिमिरेको सुनुवाई गर्ने भएको हो।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि अख्तियारको प्रमुख आयुक्तमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

समितिको मंगलबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस घिमिरेको सुनुवाई बिहिबार अपरान्ह १ बजे गर्ने निर्णय गरेको थियाे ।

त्यसअघि संवैधानिक परिषदले भदौ २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो।

२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.