रक्सी खाँदा मलेसियामा ६ नेपालीको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 19 | 09:57 am 2051

काठमाडौं, असोज ३ : मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या बुधबार बिहानसम्ममा ६ जना पुगेको छ । त्यस्तै विषाक्त मदिरा सेवनबाट अरु १७ जना नेपाली गम्भीर बिरामी भएका छन् ।

मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको त्यहाँ भएको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए ।

त्यहाँको सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको खरेलले बताए । उक्त अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका अन्य नौ नेपालीको उपचार भइरहेको छ ।

अर्को काजङ अस्पतालमा पनि उपचाररत एक जनाको मृत्यु भएको छ ।सो अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए ।

व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक÷एक जनाको छुट्टा छुट्टै उपचार भइरहेकोबताए । विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक हुनेबित्तिकै मलेसियास्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको राजदूत खरेलले जानकारी दिए। राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.