काठमाडौं- नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बढाएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न सरकारलाई आग्रह गरेका छन्। मूल्य तत्काल फिर्ता नगरिने कडा आन्दोलनमा उत्रिने उनको चेतावनी छ ।
‘पेट्रोलियम पदार्थको मूल्य बढायर ओली सरकारले फेरी जनताको ढाड सेक्ने काम गरेको छ’, उनले भने, ‘कर बृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको वर्तमान बाम सरकारले १५ दिनकै अन्तरालमा फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्नु आपत्तिजनक छ ।’ देशमा अपराध, दण्डहिनता, भ्रष्टाचार मौलाइरहेको प्रति चिन्त व्यक्त गर्दै महरले सरकारलाई त्यसतर्फ गम्भिर हुन उनको आग्रह छ ।
जनताको जिउधनको सुरक्षा गर्न नसकिरहेको सरकारले जताबाट पनि जनतालाई पीडा दिने काम मात्र गरिरहेको उनको आरोप छ । सरकारको यस्तो कदम कदापी सुइकार्य नहुने उनको चेतावनी छ ।