काठमाडौँ, असोज २ : दशैँको अग्रिम टिकट बुकिङ खुला गर्ने समझदारी भएलगत्तै रोक्का राखिएको यातायात समितिका बैंक खाता खोल्ने सम्बन्धमा कुनै प्रक्रिया अघि नबढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका महानिर्देशक लावण्य कुमार ढकालले रिपोर्ट नेपाललाई बताए अनुसार बाहिर हल्ला भए जस्तै रोक्का रहेका बैंक खाता खोल्ने विषयमा कुनै कारबाही अगाडी बढेको छैन । विभागले चैत्र १८ गते नयाँ नियमावली बनाई यातायात समितिका बैंक खाता रोक्का राखेको थियो।
यातायात व्यवसायीले दशैँका लागि अग्रिम टिकट बुकिङ नखोल्ने अड्डी लिएपछि विभागले यातायात व्यवसायि राष्ट्रिय महासंघसँग वार्ता गरी बुकिङ खुलेको थियो ।
महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले सरकारले समितिका खाता खुला नगरे आफूहरु पनि टिकट बन्द गर्न बाध्य हुने बताएका छन् ।