अज्ञात व्यक्तिको हतियार प्रहारबाट तामाङको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 16 | 02:49 pm 2630

सिराहा, भदौ ३१:  देशमा हत्या, हिंसा, आतंक र बलात्कार जस्ता अमानविय घटना दिन प्रति दिन बढ्दो अवस्थामा छ ।

त्यस्तै सिराहा जिल्लाको गोलबजार नगरपालिका ३ स्थित जम्दह बस्ने ३८ बर्षीय हेमबहादुर ब्लोन (तामाङ) को हत्या भएको प्रहरीले बताएका छन् ।

आफ्नै घरको आँगनमा सुतिरहेको अवस्थामा अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा शनिबार घटनास्थलमै मृत्यु भएको जनाएका हुन् ।

तामाङलार्इ  हितयार प्रहार गर्ने व्यक्तिहरु फरार रहेकाले तिनीहरुको व्यापक रुपमा खोजी भइरहेको प्रहरीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.