प्रकाण्डलार्इ काठमाडौंबाट उदयपुर पुर्‍याइयो

रिपोर्ट नेपाल | 2018 Sep 16 | 09:01 am 1586

गाईघाट, भदौ ३१ : नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाडौंबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ।

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए। खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ।

प्रकाण्डलार्इ सर्वोच्च अदालतले चार पटक रिहाको आदेश जारी गर्दा पनि प्रहरीले पुन पक्राउ गर्‍यो । उनलार्इ अवैध चन्दा असुल गरेको आरोपमा साउन २३ गते पहिलो पटक काठमाडौंको दक्षिणकालिबाट पक्राउ गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.