निर्मला पन्त हत्या अनुसन्धानका पाँच प्रहरी अधिकृत निलम्बित

| 2018 Sep 15 | 09:34 pm 1957

काठमाडौं, भदौ ३०: १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी अधिकृत निलम्बनमा परेका छन्। पन्तको हत्या अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले उनीहरुलाई निलम्बन गरेको हो ।

निलम्बित हुनेमा प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

बालिका हत्या र त्यसपछि चर्केका घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएपछि हत्या अनुसन्धानमा कार्यरत प्रहरी अधिकारीहरुलाई निलम्बन गरेको हो ।

उच्चस्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई आज शनिबार प्रतिवेदन बुझाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.