सर्लाहिमा बस दुर्घटना २ को मृत्यु एक्काइस घाइते

रिपोर्ट नेपाल | 2018 Sep 15 | 08:16 pm 5888

सर्लाही, भदौ ३०: जिल्लाको मलंगवाबाट बैलवास जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस महादेव पोखरी नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी इश्वरपुर नगरपालिकाकी नथुनीराय यादव र अञ्जु साहको मृत्यु भएको छ भने २१ जना घाइते भएको समाचार प्राप्त भएको छ । घाइते हुने २१ जनाको स्थानीय अस्पताल मलंगवामा उपचार भइरहेको स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.