रिपोर्ट नेपालका निर्देशक सापकोटा सम्मानित

रिपोर्ट नेपाल | 2018 Sep 15 | 05:33 pm 5920

काठमाडौं, भदौ ३०: रिपोर्ट नेपालका निर्देशक कृष्णप्रसाद सापकोटा नेपाल आमारत्‍न सम्मानबाट सम्मानित भएका छन्।

सञ्‍चारकर्मीको रुपमा विगत लामो समयदेखि अत्यन्त निष्ठा, दक्षता, इमानदारी र समर्पणका साथ लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ एवं संविधान निर्माणमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा सूचना सेवामार्फत रचनात्मक भूमिका खेल्दै समाजसेवामा अतुलनिय योगदान पुर्‍याएको भन्दै सम्मान प्रदान गरिएको छ।

सञ्‍चार जगतमार्फत मानवअधिकार, जनताको हकहित संरक्षण, राष्ट्रिय विकास तथा भूकम्प र बाढीपहिरो पीडितका लागि सहयोग गरेको भन्दै निर्देशक सापकोटालार्इ सम्मान गरिएको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.