मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा संविधान दिवस मनाउन समिति गठन

रिपोर्ट नेपाल | 2018 Sep 15 | 11:07 am 6456

धनगढी, ३० भदौ : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा संविधान दिवस विविध कार्यक्रमका साथ मनाउन मूल समारोह समिति गठन गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले असोज २, ३ र ४ गते विविध कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव प्रदीपराज कँडेलले जानकारी दिए ।

असोज २, ३ र ४ गते साँझ दीपावली, २ गते सामाजिक विकास मन्त्रालयको संयोजनमा रक्तदान, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयोजनमा संविधान दिवसबारे रेडियो संवाद कार्यक्रम, २ र ४ गते सरसफाइ र ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहितको ¥यालीको आयोजना गरी कवर्डहल पुगेर मुख्य समारोह गरिने र सोही दिन प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने निर्णय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.