श्रीमती माइती गएकी बेला ७० वर्षीया वृद्धालाई बलात्कार

रिपोर्ट नेपाल | 2018 Sep 14 | 05:56 pm 2423

पोखरा, भदौ २९ : पोखरामा एक ७० वर्षीया वृद्धा बलात्कृत भएकी छन् । पोखरा महानगरपालिका– ३१ नहरचोककी ७० वृद्धा बलात्कृत भएकी हुन् ।

प्रहरीमा दिइएको किटानी जाहेरीमा ४५ वर्षीय रेवतीरमण पाण्डेलाई बलात्कारको आरोप लगाइएको छ । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ ।

श्रीमती माइत गएका बेला रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे आफ्नै घरकै कोठामा थुनेर बलात्कार गरेको आरोप लगाइएको छ । वृद्धा र पाण्डे एउटै घरमा फरक फरक कोठामा बस्दै आएका थिए ।

वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गएका बेला पाण्डले ढोका थुनेर बलात्कार गर्न थालेको भन्दै स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरेका थिए । त्यसपछि छोरा फर्केर आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो । पछि छोराले ढोका खोले पिट्न थालेपछि पाण्डे साइलक चढेर भागेका थिए ।

प्रहरीकाअनुसार वृद्धामाथि बलात्कारको प्रयास भएको हो वा बलात्कार नै भएको हो यसबारे अनुसन्धान भइरहेको छ । फरार पाण्डको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.