काठमाडौँ, भदाै २९ : बलत्कारपछि हत्या गरिएकी कञ्चनपुर उल्टाखामकी किशाेरी निर्मला पन्तका लागि न्यायकाे माग गर्दै सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे भातृ संगठन अनेरास्ववियूले विराेध प्रदर्शन गरेकाे छ ।

‘बलात्कारीलाई फासी दे, निर्मला पन्तलाई न्याय दे’ लगायतका नारा लाउँदै अाज (शुक्रबार) अनेरास्ववियूको सरस्वती बहुमुखी क्याम्पस कमिटीले ठमेल-लैनचौर क्षेत्रमा प्रदर्शन गरेकाे हाे । विराेध जुलुसलार्इ नेकपाका केन्द्रिय सदस्य दिलु कुमारी पन्त, अनेरास्ववियुका केन्द्रिय सचिव सुदेश पराजुलीलगायतले सम्बोधन गरेका थिए ।

बलात्कार तथा हत्याजस्ता जघन्य अपराधमा संलग्नलाई महिनौंसम्म पक्रेर कारवाही गर्न नसक्नुले सरकार निरीह रहेकाे केन्द्रिय सदस्य दिलु कुमारीकाे भनाइ थियाे । दुई तिहाईकाे दम्भ लगाउने सरकारका लागि याे लज्जाको विषय भएकाे बताउँदै उनले महिलाका लागि सुरक्षाकाे ग्यारेन्टी गर्न माग गरिन् । निर्मलाकाे हत्या भएकाे दुर्इ महिना बित्न लाग्दा पनि सरकारले अपराधीलाई पक्रन नसकेको हो कि पक्राउ नै गर्न नचाहेको भन्दै उनले प्रश्न गरिन् ।

केन्द्रिय सचिव सुदेश पराजुलीले कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टलाई तत्काल पक्राउ गरेर हिरासतमा लिन माग गरे । उनले बिष्टलाई २४ घण्टा भित्र पक्राउ गरेर कारवाही नथाले देशैभर आन्दोलन गर्ने चेतावानी समेत पनि दएका छन् । प्रदर्शनमा सयाैं विद्यार्थी सहभागी थिए ।
