पत्रकार बस्‍नेतको गिरफ्तारी वैधानिक: गृहमन्त्री

| 2018 Sep 14 | 12:26 pm 1765

काठमाडौं, भदौ २९: गृहमन्त्री रामबहादुर थापा बादलले पत्रकार राजु बस्‍नेतको गिरफ्तारी वैधानिक भएको बताएका छन्। उनले पत्रकार बस्‍नेतको गरिफ्तारी कानुनसम्मत नै भएकोले प्रेस स्वतन्त्रता हनन नभएको दाबी गरेका हुन्।

राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बादलले उजुरी परेपछि बस्नेतलाई पक्राउ गरिएको बताए। उनले भने, ‘सम्बन्धित निकायले कानुन बमोजिम नै कदम चालेको छ । यसले प्रेस स्वतन्त्रता हनन भयो भन्ने लाग्दैन ।’

खोजतलास साप्ताहिक तथा खोजतलास न्युज डटकमका प्रधानसम्पादक बस्नेतलाई नेकपा नेताहरुबारे लेखिएको समाचारलाई लिएर पक्राउ महानगरीय प्रहरी परिषद् जाउलाखेलले सोमबार पक्राउ गरेको थियो।

उनले दृष्टिन्यूज डटकममा प्रकाशित समाचार आफ्नो पत्रिका तथा अनलाइनमा सेयर गरेका थिए। समाचारमा ‘जनप्रतिनिधि कि जग्गा दलाल’ भन्ने हेडलाइन राखिएको थियो ।

बस्नेतविरुद्ध सुशील खनालले जाहेरी दिएका थिए र सोही आधारमा उनी पक्राउ परेका हुन् । उनलाइ पक्राउ गरी हाल सरकारी वकिलको कार्यालय ललितपुरमा राखिएको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानको सिलसिलामा प्रधानसम्पादक बस्नेत पक्राउ परेका प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.