अब आईफोनमा पनि डबल सिम, आईफोन सेभेन र एटको मूल्य घट्यो

रिपोर्ट नेपाल | 2018 Sep 13 | 09:58 am 2411

काठमाडौं, भदौ २८: एप्पलले पहिलो पटक दुईवटा सिमकार्ड लाग्‍ने आईफोन सार्वजनिक गरेको छ। बुधबार राति सनफ्रानसिस्कोमा आयोजित विशेष कार्यक्रममा एप्पलले आईफोन एक्स एस, एक्स एस म्याक्स र एक्स आर मोडल सार्वजनिक गरेको हो।

यीमध्ये एक्स एस र एक्स एस म्याक्समा डबल सिमकार्ड सपोर्ट गर्दछ। तीनवटै फोनमा फेस डिटेक्सनको फिचर भएकाले सुरक्षित मानिएको छ।

आइफोन एक्सएस म्याक्स हालसम्मकै ठूलो स्मार्ट फोन हो। जसमा यसमा ६.५ इन्चको स्क्रिन छ। यस्तै आइफोन एक्सआरको स्क्रिन ६.१ इन्च र आइफोन एक्स एसमा भने ५.८ इन्चको स्क्रिन छ । यी नयाँ आईफोनहरु २८ सेप्टेम्बरदेखि विश्वका २१ देशमा बिक्री सुरु हुनेछ ।

एप्पलले नयाँ आईफोन सार्वजनिक गरेपछि आईफोन सेभेन र आईफोन एटको मूल्य पनि घटाएको छ । आईफोन सेभेनको मूल्य ४४९ डलर र आईफोन ८ को मूल्य ५५९ डलर तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.