लुकाई–छिपाई राखेको काठ बरामद

रिपोर्ट नेपाल | 2018 Sep 12 | 06:07 pm 2060

सुर्खेत, भदौ २ ७ : सुर्खेत भेरीगङ्गा नगरपालिका–२ स्थित सत्तरी भन्ने स्थानबाट प्रहरीले आज अवैध काठ बरामद गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको ब्यूरो र इलाका प्रहरी छिन्चुबाट गएको संयुक्त टोलीले सत्तरी निवासी विरोध वलीको घरबाट अवैध काठ बरामद गरेको हो ।

वलीको घरमा छापा मार्दा लुकाई–छिपाई राखेको अवस्थामा ६३ थान (६६.८८) क्यूफिट काठ रितपूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

प्रहरीले बरामद गरिएको सालको काठ र वलीलाई सवडिभिजन वन कार्यालय छिन्चु सुर्खेतमा बुझाइएको प्रवक्ता चौधरीले बताउनुभयो । त्यसैगरी, आज प्रहरीलाई नगद दिने व्यक्तिलाई पनि कारवाही गरिएको उहाँले बताए ।

“बराहताल गाउँपालिका–७ सुर्खेतका इन्द्रबहादुर मगरले मोटरसाइकलमा तीनजना चढाएर ट्राफिक नियम उल्लङ्घन गरेका थिए,” उनले भने, “वीरेन्द्रनगरस्थित नेताचोकमा प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जाँच गर्दा उनले रु ७२५ दिएर प्रलोभन पार्न खोजे देखियो ।” उनका अनुसार प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने मगरलाई पक्राउ गरी कारवाही भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.