साफ च्याम्प्यिनसिप सेमिफाइनल : पहिलो हाफमा नेपाल १–० ले पछाडि

| 2018 Sep 12 | 05:23 pm 4144

ढाका, भदौ २७ : साफ च्याम्पियनसिप (साफ सुजुकी कप) मा पहिलो पटक फाइनल पुग्नका लागि अब नेपालसँग ४५ मिनेटको मात्र समय बाँकी रहेको छ । ढाकामा जारी च्याम्प्यिनसिपको सेमिफाइनलको पहिलो हाफमा समाप्तीमा नेपाल १–० ले पछाडि रहेको छ ।

कप्तान अक्रम अब्दुल घातीले पेनाल्टी बसक्सको केहि बाहिर पाएको फ्रिकिकलाई गोलमा परिणत गरेका थिए । अक्रमको प्रहार रोक्न नेपाली रक्षक सुमन अर्यााल र गोलकिपर किरण चेम्जोङले रोक्न सकेनन् । नेपाली टोली आज खेलको सुरुवातबाट लयमा देखिएन। लगातारको वर्षाले मैदान चिप्लो हुँदा नेपाली टोलीको कुनै पनि मुभ सोचे अनुरुपको भएको थिएन ।

२७ औं मिनेटमा चट्याङ र वर्षाको कारणदेखाउँदै आयोजकले रेफ्रीलाई खेल्न स्थगित गर्न लगाएका थिए । झन्डै आधा घन्टा पछि खेल सुरु हुँदा नेपाली टोली केहि लयमा देखिएपनि बराबरी गोल फर्काउन सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.