फेसबुकमा ‘गालीगलौज’ को आरोपमा कलाकार पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 12 | 08:06 am 1819

काठमाडौं, भदौ २७: फेसबुकमा कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई गालीगलौज गरेको आरोपमा प्रहरीले कलाकार एवं चलचित्र निर्देशक देशभक्त खनाललाई पक्राउ गरेको छ।

उनलाई मंगलबार बिहान पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु लगिएको छोरा अभ्युदय खनालले बताए।

अभ्युदयका अनुसार तीन वर्षअघि रामकेशरसँग देशभक्तले खरिद गरेको जग्गामा किचलो आएको थियो। निजी गुठी मिसिएको जग्गा थाहा नदिई किनाएको भन्दै देशभक्तले रामकेशरविरुद्ध फेसबुकमा लेखेका थिए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.