ज्याठा आगलागी अपडेट : आगो २ घण्टापछि नियन्त्रणमा, १० करोडको क्षति

| 2018 Sep 11 | 10:03 am 1931

काठमाडौं, भदौ २६: राजधानी काठमाडौँको ज्याठा क्षेत्रमा भिषण आगलागी भएको छ। मंगलबार बिहान साढे ४ बजे पानी तान्‍न‍े मोटर सर्ट भइ लागेको आगो दुर्इ घण्टापछि नियन्त्रणमा आएको हो।

ज्याठाचोकमा रहेको सुमन स्थापितको ५ तले घरबाट शुरु भएको आगलागीबाट करिव १० करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा कुनै मानवीय क्षती नभएको र भाग दौड गर्ने क्रममा ३ जनालाई सामान्य चोट लागेको आगो नियन्त्रणमा खटिएको प्रहरी टोलीका प्रमुख डीएसपी दान बहादुर मल्लले जानकारी दिए। उनका अनुसार आगलागीबाट कम्तिमा पनि २ घरको अधिकांश भाग जलेको छ भने अर्को एउटा घरमा पनि क्षति भएको छ।

महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका अनुसार आगो लागेपछि हिमाल आरोहणका क्रममा प्रयोग गरिने अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा ज्याथा र क्षेत्रपाटी क्षेत्रका बासिन्दा भागाभाग भएका थिए। आगो लागेपछि झ्यालबाट हामफालेर भाग्ने क्रममा घाइते भएका २ जनालार्इ उपचारका लागि अस्पताल पठाइएको महानगरीय प्रहरी वृत्त दरबारमार्गले जानकारी दिएको छ।

आगोले ठुलो रुप लिएपछि अहिले जमल क्षेत्रमा उपत्यकाका सबै दमकल पुगेर आगो नियन्त्रणमा लिइएको छ। तर साँघुरो गल्लीबाट दमकल नपसेपछि पाइप छिराएर आगो निभाउने कोशिश भइरहेको छ ।

घरको भुंईतलामा अक्सिजन ग्यास सिलिन्डरहरु स्टोर गरी राखेकोले सिलिन्डरहरु पड्किरदा आगो निभाउन जटिल भएको थियो। घरको पाँचमध्ये तीन तलामा बढी क्षति पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.