जवर्जस्ती करणी मुद्दाका फरार दोषी पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 10 | 06:26 pm 1980

इलाम, भदौ २५ : जवर्जस्ती करणी मुद्दाका फरार दोषीलाई इलामबाट पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रहरीको संयुक्त टोलीले ४१ वर्षे नेत्र तिम्सिनालाई इलाम सदरमुकामको बसपार्कबाट पक्राउ गरेको हो।

झापाको कन्काई नगरपालिका–३  घर भएका तिम्सिनालाई झापा जिल्ला अदालतले २०७२ मंसिर १२ मा ५ वर्षको कैद फैसला सुनाएको थियो।

स्थानीय महिलालाई जवर्जस्ती करणी गरेको घटनापछि फरार रहेका तिम्सिनाको खोजी गर्दै केन्द्रीय अनुसन्धान ब्युरोको टोली इलाम आएका बेला उनलाई फेला पारेको सिआइबी जानकारी  दिए । पक्राउ परेका व्यक्तिलाई सोमबार नै जेल चलान गरिएको समेत  सिआइबी जनाएकाे छ ।

तिम्सिनाले २०७० असोज १५ गते एक महिलामाथि जवर्जस्ती करणी गरेको आरोप थियो। आरोपपछि उनी केही वर्ष वैदेशिक रोजगारीमा समेत गएर फर्केको डिएसपी भट्टराईले जानकारी दिए। ‘फरार तिम्सिना ताप्लेजुङमा छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली त्यतै जाँदै गर्दा उनी इलाममै फेला परेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.