सूर्यपुरा पुलमा एक युवतीको शव अर्धनग्न अवस्थामा फेला

रिपोर्ट नेपाल | 2018 Sep 10 | 02:51 pm 13949

बुटवल, भदौ २५ : रुपन्देहीको सूर्यपुरा पुलमा एक युवतीको अर्धनग्न अवस्थामा शव फेला परेको छ । शुद्धोधन गाउँपालिका–७ दानव नदी छेउमा सोमबार बिहान करिब २२ वर्षीया युवतीको शव फेला परेको हो ।

युवतीको घाटीमा निलडाम छ । प्रहरीले शव नजिकै महिला र पुरुषका चप्पल फेला पारेको छ । युवतीको बलात्कार पछि हत्या गरेको स्थानीयको दाबी छ । हत्या कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शव अहिले पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पताल ल्याइएको छ । युवतीको पहिचान समेत नखुलेको प्रहरीले जनाएको छ ।

गाई चराउन गएका स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय छपिया र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल गएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.