पाल्पा, भदौ २५ : २७ जेठदेखि इलाका प्रहरी कार्यालयका रामपुर पाल्पाका कार्यालय प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डे प्रमूखको रुपमा कार्यरत रहे यता त्यस क्षेत्रमा ३ महिनाको अवधी भित्र विभिन्न कार्यक्रमहरु संचालन गरेका छन् ।
समाजमा खलल पुर्याउने किसिमको विकृति विसंगति, जवर्जस्ती करणी अपराध न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरिएको जनाएको छ । रामपुर नगरपालिकाको वार्ड नं २,३,४,५ र ७ तथा निस्दी गाउँपालिकाको वार्ड नं ५ मा समेत गरि १३५० जना सम्बन्धीत वडाका स्थानीय जनप्रतिनिधिहरु लगायतका अन्य महिला तथा पुरुषहरुलाई जर्बजस्ती करणी अपराधको न्यूनीकरण सम्बन्धमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको जनाएको छ ।
इप्रका रामपुरका अनुसार रामपुर नगरपालिकास्थित रामतुलसी मावि, गंगा मावि, सिताराम मावि र बिभिन्न क्लवमा आबद्ध युवाहरु समेत गरी करिब ७५० जना युवा एवं विद्यार्थीहरुलाई लागु औषध दुर्व्यसन सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।
रामपुर नपा वार्ड नं ६ मा रहेका करिब १५० जना स्थानीय महिला तथा पुरुषहरुलाई घरेलु हिंसा न्यूनीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
रामपुर नपा, निस्दी नपा र रम्भा नपा म बसोबास गर्ने स्थानीय निकायका जनप्रतिनिधीलगायत महिला तथा पुरुषसंग बर्दीधारी प्रहरी र बिना बर्दिका प्रहरीबीच सम्बन्ध सुधार गराउन र एक आपसमा सहकार्य समेत गर्न सहज होस भन्ने उद्देश्यले करिब ११५० जना संग प्रत्यक्ष अन्तकृया गरिएको समेत इप्रका रामपुरले विज्ञप्ती मार्फत जनाएको छ ।
इलाका प्रहरी कार्यालय रामपुर र साथि म तिम्रो नामक संस्थाले रामपुर नगरपालिका संग समन्वय गरि बेजाडगरि बजार लगायतका स्थानहरुमा सरसफाई गरेको थियो ।
दैनिक रुपमा हुने गरेका सवारी दुर्घटनाहरु न्यूनीकरण गर्न रामतुलसी मा वि मा अध्यनरत करिब २०० जना विद्यार्थीहरुलाई ट्राफिक सचेतना कर्यक्रम संचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय रामपुरले रामपुर नगरपालिका र आसपासका क्षेत्रहरुमा ट्राफिक प्रहरीसहित संचालन गरेको सवारी साधन चेकजांचको क्रममा ३ महिनाको अबधीमा कागज पत्र साथमा लिई सवारी चलाउने, मादक पदार्थ सेवन गरि चलाउने र लाइसेन्स प्राप्त नगरि सवारी चलाउने समेत गरि २७० वटा मोटरसाइकल र ठूला सवारी साधनहरुलाई ट्राफिक कारबाही गरी २ लाख २२ हजार ५०० राजस्व संकलन गरेको जनाएको छ । उक्त राजस्व गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले बढी हो ।
प्रहरी चेकजाँचको क्रममा २ वटा चोरीको मोटरसाइकलहरु फेला पारी बरामद गरि आवश्यक कारबाही लागि भैरहवा भन्सार कार्यालय पठाइएको समेत इप्रका रामपुरले जनाएको छ ।