सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता

रिपोर्ट नेपाल | 2018 Sep 10 | 08:25 am 1870

काठमाडौं, भदौ २५: सर्वोच्च अदालतलाई नै विपक्षी बनाएर मुद्दा दर्ता भएको छ।

सर्वोच्च अदालतको नियमावली र संविधानका धाराहरु बाझिएको भन्दै अधिवक्ता सिपी रेग्मीले मुद्दा दर्ता गराउनुभएको हो। सर्वोच्चमै दर्ता गराइएको मुद्दाको पेशी आगामी असोज ५ गते तोकिएको छ।

संवैधानिक सर्वोच्चता कायम राख्न आफूले मुद्दा दर्ता गरेको निवेदक रेग्मीले बताए।

संवैधानिक बेञ्चले हेर्ने सो मुद्दा गत ०७५ साउन २३ गते सर्वोच्चमा दर्ता भएको हो। मुद्दाको पक्षमा १० जना भन्दा बढी वकीलहरुले बहस गर्नुहुनेछ । इतिहासमै पहिलोपटक सर्वोच्च अदालतलाई विपक्षी वनाएर मुद्दा दायर भएको अधिवक्ता रेग्मीले दाबी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.