कस्तुरीको बिना सहित दुई पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 09 | 03:29 pm 2205

काठमाडौं, भदौ २४:  काठमाडौं महानगरपालिका २० भिमसेन स्थानका २४ वर्षीय किसान ठकुरी र ललितपुर धापाखेल बस्ने सिन्धुपाल्चोक टेच्कु गाउँपालिका ५ का २८ वर्षीय श्याम गुरुङलाई ५ थान दुर्लभ बन्यजन्तु कस्तुरीको बिना सहित प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका २७ ज्याठामा कस्तुरीको बिना कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा उक्त बस्तु सहित किसान र श्यामलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.