९०० एम्पुल लागूऔषसहित यादव पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 09 | 03:19 pm 1939

काठमाडौँ, भदौ २४ : महानगरीय प्रहरी परिसर काठमाडौँले ९०० एम्पुल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । रिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त कालिमाटीले झोलामा लागूऔषध बोकेर हिँडेको अवस्थामा पर्सा वीरगञ्जका १९ वर्षीय सुवास यादवलाई आज बिहान ११ बजे बल्खु सडकबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ यादवसँग प्रहरीले ३०० एम्पुल डाइजोपाम, ३०० एम्पुल नुर्फिन र ३०० एम्पुल फेनार्गन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामदत्त जोशीले बल्खु इलाकाबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाको आधारमा यादवलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ यादवसँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.