काठमाडौं, भदौ २४: बालबालिकालाई बन्धक बनाई लुटपाट गरेको अभियोगमा शंकरापुर ५ शालिनदी साँखु बस्ने मेलम्ची नगरपालिका ११ का २० बर्षीय सजक मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त सजकले सोही ठाउँ बस्ने ३ जना बालबालिकालाई नजिक नजिकै स्थानमा निमार्ण हुँदै गरेको घरमा लगेर बन्धक बनाई ती बालबालिकाको साथमा रहेको सुनको मुन्द्रा २ थान, चाँदीको मुन्द्रा २ थान, सिक्री १ थान र ब्याग समेत लुटेर उनीहरुका अभिभाबकलाई फोन गरी २५ हजार लिएर आउनु भनी छाडी दिएको बताएका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।