काठमाडौं, भदौ २३ : गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिच्युड एअरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । चुमनुब्री गाउँपालिकाको १ र २ नम्बरको सीमा क्षेत्रमा पर्ने सानागाउँबाट फर्किँदै गरेको हेलिकोप्टर शनिबार बिहान सम्पर्कविहीन भएको हो ।
बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने त्यो हेलिकप्टर अहिलेसम्म ल्याण्ड नभएको विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताएका छन ।उनका अनुसार गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकप्टर सम्पर्कविहीन भएको हो । हेलिकोप्टरमा कति यात्रु थिए भन्नेबारे केही जानकारी आएको छैन ।