‘सरकारकै कारण लोकतन्त्र खतरामा पर्ने लागे’- सांसद जितेन्द्र देव

| 2018 Sep 07 | 06:21 pm 4902

काठमाडौं, भदौ २२ : प्रमुखपक्षी दल नेपाली कांग्रसका नेता तथा सांसद जितेन्द्र नारायण देवले सरकारकै कारण प्रजातन्त्र र लोकतन्त्र खतरामा पर्ने लागेको बताएका छन् । शुक्रबार,  राष्ट्रियसभाको बैठकमा बोल्दै सरकारले संविधान विपरीत क्रिलाकलाप गरेकाले लोकतन्त्र खतरामा पर्न लागेको बताएका हुन्।

संविधानले स्वतन्त्रता विरुद्धका उपलब्धि गुम्ने खतरा बढाएको भन्दै लोकतन्त्रको संरक्षणका लागि कडा कदम चाल्ने  चेतावनी दिएका छन्। कांग्रेस सांसद  देवले कालो झण्डा देखाएकै निहुँमा व्यक्ति नियन्त्रणमा लिने काम संविधानको बर्खिलाप भएको दाबी गरे। उनले प्रजातन्त्रमाथि प्रहार हुँदा कांग्रेस मुकदर्शक बनेर नबस्ने चेतावनी समेत दिए।

संविधानको मौलिक हक अन्तर्गतको धारा १६ र १७ ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक र वाक् तथा विना हतियार शान्तिपूर्ण भेला हुने स्वतन्त्रताको हक प्रत्याभूति गरेको स्मरण गराउँदै उनले भने ‘यो पुस्तक कुनै कागजको खोस्टा होइन, चनाचटपटे बेच्ने कागज पनि होइन। यो देशको मूल कानुन हो, संविधान।’

महेन्द्र कालीन घटना हुन लागेको भन्दै गम्भीरताका साथ लिन सरकारको उनले ध्यानाकर्षण गराए। उनले भने ‘राजा महेन्द्रको समयमा सहिद दुर्गा नन्दन झाले कालो झण्डा देखाएबापत फाँसीमा चढ्नुपरेको थियो। के आजको अवस्था राजा महेन्द्रको अवस्था होरु’ नेपालको संविधान देखाउँदै उनले प्रश्न गरे ‘बर्दियाको गुलरियामा कालो झण्डा देखाउन मौलिक हकले कानुनी र संवैधानिक हक दिएको छ कि छैनरु हामी के यस्तै डेमोक्रेशिका लागि लडेका हौ ?’

प्रहरी हिरासतमै मृत्यु भएका राम मनोहर यादवको अहिलेसम्म पोस्टमार्टम नगरिएको र जाहेरी पनि दर्ता नभएको तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराए। यादवको मृत्युबारे छानबिन समिति गठन गरी सत्य, तथ्य सार्वजनिक गर्न तथा पोस्टमार्टम र जाहेरी दर्ता गर्न सरकारसँग माग गरे।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.