विप्लव नेतृत्वको नेकपाका नेतृ उमा भुजेल छाेड्न सर्वोच्चले आदेश

रिपोर्ट नेपाल | 2018 Sep 07 | 05:05 pm 2086

काठमाडौं, भदौ २२ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नेतृ उमा भुजेललाई थुनामुक्त गर्न सर्वोच्चले
आदेश दिएको छ । प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।

आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ । सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको छ ।

क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा भुजेललाई १२ भदौमा बालाजुबाट पक्राउ गरेको थियो । अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.