काठमाडौं, भदौ २१: सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्न थालेको छ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिंहदरबार प्रवेश गर्नेहरुलाई चेकिङ गर्न थालिएको हो।
त्यहाँ कार्यरत एक प्रहरी अधिकारीका अनुसार गृहसचिवको निर्देशनमा चेकिङमा कडाइ गरिएको हो।
चेकिङ कडा पारिएपछि सिंहदरबार प्रवेश गर्ने दक्षिण गेटमा ट्राफिक जाम बढेको छ।