काठमाडौं, भदौ २१: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकार गठन भएको यो अविधिमा जति जनमुखी काम हुनु पर्ने थियो त्यो हुन नसकको बताएका छन् ।
बिहिबार बिहान एक कार्यक्रममा बोल्दै नेता खनालले इतिहासमा सबै भन्दा बलियो समर्थन रहेको सरकार जसरी अघि बढ्नुपर्ने थियो कता कता बिचैमा अल्झिएको बताएका थिए ।
मुलुकको शान्ति र स्थिरताका लागि कसैले पनि कुनै हतियार देखाएर दम्भ नदेखाई सबै राजनीतिक दलहरुको सहमती सहित राष्ट्रिय सहमति गर्नुपर्ने कुरामा नेता खनालको जोड थियो ।
संघीय शासन प्रणालीलाई सफल बनाउनका लागि अधिकतम पहल कदमी र त्यसको प्रयोग हुन जरुरी रहेको बताउँदै नेता खनालले सबै दल, बद्धीजिवीको चिन्तन र व्यवस्थापन भयो भने कुनै कुरा अपरिवर्तनीय नरहेको पनि उनको भनाई रहेको थियो ।
सहमति र सहकार्य हुँदा समाज, चिन्तन र व्यवस्था परिवर्तन हुन्छ भने भोली सहमती भयो र आवश्यकता महसुस भयो भने सबै परिवर्तन हुनसक्ने नेता खनालको भनाई रहेको थियो ।
राजनीतिक दलले बहुमत ल्याउने र शासन गर्ने कुरालाई मात्र केन्द्रबिन्दुमा राख्न नहुने भन्दै नेता खनालले सबै दलको सहमती र सहकार्यमा विदेश नीति बनाउनुपर्ने कुरामा विशेष जोड दिएका थिए ।
दुईतिर ठूला मुलुकका बीचमा रहेका हामीले तत्कालिन र दीर्घकालिन विदेशनीति राष्ट्रिय सहमतिका आधारमा बनाउनु पर्ने खनालको भनाई रहेको थियो ।
विगत देखि वर्तमानसम्म सरकारको परिवर्तन हुना साथ जसरी आ–आफ्नो स्वार्थ अनुकुलको विदेश नीति बनाइने प्रचलन छ अव त्यो परम्परालाई तोड्नुपर्छ ।
सत्ता पक्षले यस्ता कुरा गर्दा प्रतिपक्षदल लगाएत अन्य दलसँग पनि सहकार्य गरेर अघि बढ्नुपर्ने नेता खनालको भनाइ रहेको थियो । संविधान संशोधनको विषयमा राखिएको जिज्ञासामा नेता खनालले सबै दलले यो संविधानलाई आत्मसात गरी अघि बढेकोले त्यसको तत्काल आवश्यकता नरहेको बताए ।
संविधान संशोधन माग गर्ने साथीहरुले यहि संविधानलाई स्विकार गरेर निर्वाचनमा गएको र केहि सत्तामा पनि गएकाले संशोधन आवश्यक नरहेको खनालको भनाई थियो ।