एशिया कप छनोट : नेपालले हङकङलार्इ दियो ९६ रनको लक्ष्य

| 2018 Sep 04 | 11:32 am 3668

काठमाडौं, भदौ १९: एशिया कप छनोटमा नेपालले हङकङ सामु ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समुह चरणकाे पाँचाै खेलमा टस जितेर सुरुवाती ब्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुदै ९५ रनमात्र बनाउन सक्यो ।

सुवास खकुरेल शुन्य रनमा आउट भएको खेलमा अनिलकुमार शाह १५ रनमा आउट भएका थिए ।

पारस खड्का १४, ज्ञानेन्द्र मल्ल १२, दिपेन्द्र सिंह ऐरी २, सागर पुन ७, आरिफ शेख १८, सन्दिप लामिछाने २ र सोमपाल कामी शुन्य रनमा आउट भएका थिए ।

अनिल र पारसले तेस्रो विकेकालागि बनाएको २२ रन टोलीको सर्वाधिक ठुलो साझेदारी बन्यो ।

हङकङका ईहशान खानले सर्वाधिक ४ विकेट लिए । तनविर अफजल र मोहमद खानले समान २\२ विकेट लिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.