चोरीको रकमसहित मिलन पक्राउ

रिपोर्ट नेपाल | 2018 Sep 04 | 09:47 am 2231

झापा, भदौ १९: जिल्लाको विभिन्न ठाउँमा चोरीका घटना बृद्धि भएपछि प्रहरीले निगरानी बढाउन थालेको छ । चाडबाड नजिकिदै गर्दा झापामा चोरको विगविगी बढेपछि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।

यसै क्रममा एक मिनी क्यासिनोबाट रकम चोरीगरी फरार भएका एक जनालाई मेचीनगरबाट चोरीको रकमसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार क्यासिनोको दराज फुटाएर रकम चोरी गर्ने मेचीनगरका मिलन श्रेष्ठ पक्राउ परेका छन् ।

श्रेष्ठले मेचीनगर–६ स्थित एसेस लाउण्डा मिनी क्यासिनोबाट गत भदौ ९ गते दराज फुटाएर एघार लाख ९३ हजार चोरी गरेका थिए । सोही क्यासिनोमा काम गर्ने कर्मचारीको टिप्स राख्ने दराज फुटाएर उनले उक्त रकम चोरी गरेका थिए ।

चोरी गर्ने मिलन श्रेष्ठ पनि क्यासिनोकै कर्मचारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.