काठमाडौं, भदौ १९: नेपाल टेलिकमको मोबाइलमा मंगलबार बिहानैदेखि देखिएको समस्या आंशिक रुपमा समाधान भएको छ।
टेलिकमको जीएसएम प्रि–पेड र पोस्टपेड मोबाइल सेवामा मंगलबार बिहान ६ बजेदेखि नै आएको खराबीमा २ घन्टापछि आंशिक सुधार आएको हो ।
बिहानदेखि ठप्प मोबाइल सेवामा आंशिक सुधार आए पनि पूर्ण रुपमा सहज हुन भने केही समय लाग्ने टेलिकमले जनाएको छ । प्राविधिकहरु समस्या समाधान गर्न लागिपरेकाले छिट्टै यथावत रुपमा सञ्चालन हुने टेलिकमको भनाइ छ ।
नेवटर्कमा के कारणले खराबी आएको हो भन्नेबारे भने टेलिकमले केही पनि खुलाएको छैन ।
नेपाल टेलिकमको नेटवर्कमा देखिएको यो खराबी पहिलो भने होइन । यसअघि पनि पटक–पटक टेलिकममा यस्ता समस्याहरु आउने गरेका थिए । यद्यपि, यस्ता समस्याहरु टेलिकममा अझै पनि दोहोरिरहेका छन् ।