काठमाडौं, भदौ १८: बाग्लुङका एक यूवा वैदेशिक रोजगारीमा जानका लागि एक पाँच वर्षिय छोरी सहित श्रीमतीलाई समेत लिएर काठमाडौं आए ।
दुई दिनको काठमाडौं बसाईपछि दुबई जानका लागि आएका उनले नेटबाट कृत्रिम यौन सामाग्रीका बारेमा थाहा पाएका कारण श्रीमती र आफूलाई खरिद गर्ने सोच बनाएका रहेछन ।
श्रीमतीसँग सल्लाहपछि उनले पुरानो बसपार्कमा रहेको द कान्तिपुर कण्डम हाउस एण्ड सेक्सटोय सेन्टरमा पुगेर त्यसको प्रयोगबारे जानकारी लिए ।
विदेशमा गएका श्रीमानका कैयौं श्रीमतीहरु यौन इच्छाका कारण अनेक घटना घटाएका र विकृति फैलिएको कुरा सुनेका उनका श्रीमानले श्रीमतीका लागि तीन हजारको कृत्रिम लिङ्ग र आफ्नो लागि पनि चार हजारको भेजिना कृत्रिम योनी खरिद गरेर लगेका थिए ।
केही वर्ष अघिसम्म कण्डम माग्न लाज मान्ने यूवाहरु पछिल्लो समयमा कृत्रिम यौनाङ्ग(सेक्सटोय) खरिद गर्न आउने गरेको द कान्तिपुर कण्डम हाउसका संचालक सविन बोहरा बताउछन् ।
महिलाको लागि पुरुषको पेनिस(लिङ्ग) र पुरुषको लागि महिलाको भेजिना(योनी) आवश्यक हुन्छ । सविन बोहराका अनुसार पछिल्लो समयमा यस्ता यौन सामाग्री बैदेशिक रोजगारीमा जाने श्रीमानले श्रीमतीलाई खरिद गरिदिने र आफूले पनि लैजाने गरेका छन् ।
एक दशक देखि सेक्सटोयका सामाग्री विक्री गर्दै आएका बोहराका अनुसार कृत्रिम यौन सामाग्री विभिन्न घटना तथा जन्मदै अपाङ्ग भएका यूवाहरुले समेत लैजाने गरेका छन् ।
महिलाका लागि आवश्यक पर्ने लिङ्गको दुई हजार देखि पन्ध्र हजारसम्म मुल्य पर्छ भने पुरुषका लागि आवश्यक पर्ने भेजिनाको एक हजार पाँच सय देखि पचास हजार मुल्यसम्म पर्ने बोहोराको भनाई रहेको छ ।
काठमाडौंमा सबैभन्दा बढी अविवाहित यूवाहरु बढी आउने गरेको बोहराको भनाइ छ । अविवाहित केटी भने कम आउने गरेको बताउने बोहराका अनुसार मिल्दा समलिङ्गी केटीहरु आउदा बेल्ट बाँधेर सम्पर्क गर्न मिल्ने लिङ्ग लैजाने गरेको बताए ।