संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठकमा छलफल

| 2026 Jun 08 | 12:55 pm 29

काठमाडौँ ,जेठ २५ / सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा आज सर्वदलीय बैठक बसेको छ । संसदको गतिरोध अन्त्य गर्नका लागि जारी सर्वदलीय बैठकमा छलफल भइरहेको छ।

रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्यका लागि रास्वपा सभापति लामिछानेले छलफल गरेका छन् र बैठक जारी छ। साथै समसामयिक राजनीतिका विषयमा छलफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । आज संसद् सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन् ।

बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल भएको रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संवाद सुरु गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.