काठमाडौँ ,जेठ ०५ / आजपनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसद्ले पर्चा देखाएर विरोध गरेका छन् ।
प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ पोस्टर हातमा लिएर उठे । सभामुखले आकस्मिक समय नमागेको भन्दै बस्न आग्रह गरे । सभामुखले ध्यानकर्षण भएको बताए र बस्न आग्रह गरे ।
श्रम संस्कृति पार्टीका सांसद्ले सोमबारको बैठकमा पर्चा देखाएर सरकारको कार्यशैलीको विरोध गरेका थिए ।