प्रतिनिधिसभा बैठक अवराेध, प्रधानमन्त्रीको राजीनामा माग

रिपोर्ट नेपाल | 2026 May 13 | 12:59 pm 181

काठमाडौँ ,वैशाख ३० / विपक्षी दलले प्रतिनिधिसभा बैठकमा अवराेध गरेका छन् । सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद अवरोध गरेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।

विपक्षी सांसदहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई गैरजिम्मेवार व्यवहार भएको आरोप लगाउँदै तत्काल स्पष्टिकरणसहित राजीनामा दिन माग गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.