‘जुनकिरी’ लिएर आए पशुपति शर्मा र राधिका हमाल

रिपोर्ट नेपाल | 2026 May 13 | 12:46 pm 257

काठमाडौँ, वैशाख ३० – लोकदोहोरी क्षेत्रमा सक्रिय गायक पशुपति शर्मा र गायिका राधिका हमालको नयाँ गीत ‘जुनकिरी’ सार्वजनिक गरिएको छ। रोमान्टिक स्वादमा तयार गरिएको गीतमा शब्द र सङ्गीत स्वयं राधिका हमालले सिर्जना गरेकी हुन्।

गीतको भिडियोमा बबिनसिंह ठकुरी र सफल पुनमगरको अभिनय देख्न सकिन्छ। साथै, गायक पशुपति शर्मा र गायिका राधिका हमाल पनि भिडियोमा प्रस्तुत भएका छन्। भिडियोमा प्रेम, रमाइलोपन र ठट्टामिश्रित दृश्य समेटिएका छन्।

मौलिकसँगै आधुनिक नेपाली पहिरन प्रयोग गरिएको भिडियोमा कोरसको समेत आकर्षक प्रयोग गरिएको छ। भिडियोको निर्देशन स्मृति तिमिल्सिना (गुरुआमा) ले गरेकी हुन् भने छायाङ्कन राजेश घिमिरे र सम्पादन नवीन घर्तीमगरले गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.