काठमाडौँ ,वैशाख २९ / नेपाली लोकसंगीत क्षेत्रमा सक्रिय सर्जक खुमराज घिमिरे को सिर्जनामा तयार गरिएको नयाँ लोकगीत ‘लौका घिरौंला’ सार्वजनिक भएको छ। लोकगायक बिरु घर्तीमगर र गायिका सुनिता बुढा क्षेत्री को सुमधुर स्वरले सजिएको गीतले सार्वजनिक भएसँगै दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया बटुल्न थालेको छ।
गीतका शब्द, संगीत तथा सम्पूर्ण सिर्जना स्वयं खुमराज घिमिरेकै रहेको छ। ग्रामीण परिवेश, लोकभाकाको मिठास र गाउँघरको जीवनशैलीलाई मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरिएको गीतले नेपाली मौलिक संस्कृतिको झल्को दिलाउँछ। गीतमा रमाइलो भाव, ठट्यौलीपन र लोकलयको आकर्षक संयोजन गरिएको छ, जसले सबै उमेर समूहका दर्शकलाई सहजै आकर्षित गर्ने विश्वास गरिएको छ।
गीतको भिडियोमा कलाकार मुकुन्द भट्ट र जुना कार्की को जीवन्त अभिनय देख्न सकिन्छ। गाउँघरको मौलिक परिवेशमा आधारित कथावस्तुलाई हास्यरससँग मिसाएर प्रस्तुत गरिएकाले भिडियो थप मनोरञ्जनात्मक बनेको छ।
भिडियोको कोरियोग्राफी नवीन पौडेल ले गर्नुभएको हो भने निर्देशन सुरज खनाल ले गर्नुभएको छ। त्यसैगरी, सम्पादन विनोद बम र छायांकन शिव विके ले गर्नुभएको हो।
‘लौका घिरौंला’को भिडियो खुमराज घिमिरेको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमका अनुसार गीतले छोटो समयमै दर्शकको उल्लेखनीय माया र सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। मौलिक लोकसंस्कृतिलाई आधुनिक प्रस्तुतिसँग जोडेर तयार गरिएको यो गीत आगामी दिनमा अझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।