सोमबार कांग्रेस संसदीय दलको नेता चयनका लागि बैठक बस्ने

रिपोर्ट नेपाल | 2026 Apr 26 | 01:53 pm 205

वैशाख १३ काठमाडौँ / नेपाली कांग्रेस संसदीय दलको नेतामा सहमति खोज्न भोलि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार बिहान ११ बजे बस्नेछ । कार्यसम्पादन समितिको बैठकलगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ ।

निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए । बैठकमा संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव प्रस्तुत गर्ने तयारी छ ।

बैठकलगत्तै भोलि दिउँसो १ बजे बस्ने संसदीय दलको बैठकले नेताको चयनसम्बन्धी प्रक्रिया अघि बढाउने  रसाइलीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.