वैशाख ११ काठमाडौँ / प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब दुई महिनापछि नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज शुक्रबार निर्वाचन हुँदैछ।
संसदीय दलको नेताका लागि अर्जुन नरसिंह केसी, भिष्मराज आङदेम्वे, मोहन आचार्य र निष्कल राई लगायतको चर्चा छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो।