आज दोस्रो खेलमा नेपाल र यूएई भिड्दै

रिपोर्ट नेपाल | 2026 Apr 21 | 10:49 am 197

वैशाख ८ काठमाडौँ / नेपाल र युएईबीचको टी–२० सिरिजको दोस्रो खेल आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युएईसँग पराजित भएको थियो ।

सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा टिम खेलाउँदैछ । टिममा ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ सेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल छन् । त्यस्तै वैकल्पिक खेलाडीमा प्रतिस जीसी, नारायण जोशी र रसिद खान छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.